निर्णायक मोडमा नेपाल : २०२२ को इतिहास उल्टिएला कि दोहोरिएला ?



काठमाडौं , असोज  २६ । ओमानमा जारी आईसीसी टी– २० विश्वकप एसिया–ईएपी छनोट निर्णायक मोडमा पुगेको छ ।

ओमानमा जारी छनोटअन्तर्गत सुपर सिक्समा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै छ । यो खेल नेपाली समयअनुसार आज दिउँसो ४स्१५ बजे हुनेछ । यी दुवै प्रतियोगिताका अपराजित टोली हुन् ।

यूएई समूह ‘ए’ र नेपाल समूह ‘बी’को विजेता हुँदै सुपर सिक्समा पुगेका हुन् । यी दुवै प्रतियोगिताका अपराजित टोली हुन् । समूह चरण सकिँदा ९ मध्ये नेपाल, यूएई, ओमान, कतार, जापान र सामोआ सुपर सिक्समा पुगेका छन् । पपुवा न्यु गिनी, कुवेत र मलेसिया भने समूह चरणमै बाहिरिए । ‘सुपर सिक्स’बाट केवल शीर्ष तीन टोलीले मात्र भारत–श्रीलंकामा हुने विश्वकप २०२६ मा टिकट पाउनेछन् ।

सुपर सिक्सको समीकरण

समूह चरणमा अपराजित रहेका नेपाल, यूएई र ओमानले सुपर सिक्समा प्रवेशसँगै २–२ अंक बोकेका छन्, बाँकी तीन टोली शून्य अंकमा छन् । अब हरेक टोलीले चार खेल खेल्नेछन्, जसको नतिजाले विश्वकपमा पुग्ने तीन भाग्यशाली देश तय गर्नेछ ।

पहिलो प्रतिद्वन्द्वी नै यूएई भएकाले २६ असोजमा हुने यी दुई टिमबीचको खेलको नतिजाले नेपालको अभियानको दिशा निर्धारण गर्नेछ ।

नेपालको चुनौती– यूएई र ओमान

नेपालले समूह चरणमा सहज जितहरू निकाले पनि अबको चरण तिनै अनुभवी टोलीहरूसँगको लडाइँ मुख्य परीक्षा बन्नेछ । विशेष गरी यूएई र ओमान दुवै नेपालका लागि चिर–परिचित, तर कठिन प्रतिद्वन्द्वी हुन् । नेपालले ओमानमा खेलेका तीनै टी–२० अन्तर्राष्ट्रिय खेलमा यूएईसँग हार बेहोरेको छ ।

२०२२ को विश्वकप छनोट र २०२४ को एसीसी प्रिमियर कपमा पनि हारको घाउ अझै ताजै छ । तर, अहिलेको नेपाली टोली त्यस समयको भन्दा निकै फरक छ । वेस्ट इन्डिजमा ऐतिहासिक सिरिज जितेर आएको नेपाल आत्मविश्वास, सन्तुलन र लयमा देखिएको छ ।

कप्तान रोहितकुमार पौडेल भन्छन्, ‘हामी विपक्षी होइन, आफ्नै बलमा ध्यान दिन्छौँ । हाम्रो आधार बलियो भयो भने नतिजा हाम्रो पक्षमा आउँछ ।’

घरेलु टोली ओमानसँगको समीकरण

ओमान आफ्नै मैदानमा खेल्दै छ, जसले उसलाई फाइदा दिन्छ । तर, रेकर्ड नेपालकै पक्षमा छ– ओमानमा भएका चार भिडन्तमध्ये तीनमा नेपाल विजयी भएको छ । ओमानले कतारविरुद्ध स्थिर प्रदर्शन गर्दै सुपर सिक्समा स्थान पाएको छ, त्यसैले उसलाई हल्का आँक्नु गल्ती हुनेछ ।

अन्य प्रतिस्पर्धी– सामोआ र कतार

सामोआ र कतार दुवै टोलीले समूह चरणमै अप्रत्याशित नतिजा निकालेका छन् । रोस टेलर सम्मिलित सामोआले पपुवा न्यु गिनीलाई हरायो । जबकि कतारले मलेसियालाई पराजित गर्दै आत्मविश्वास बढाएको छ । नेपालका लागि यी खेल पनि अंक र रनरेट दुवै हिसाबले निर्णायक हुनेछन् ।

नेपाल र यूएईबीच पछिल्लो प्रदर्शन र आकडा

नेपाल स् पछिल्ला ५ टी–२० खेलमा ४ जित ।
यूएई स् पछिल्ला ५ खेलमा ३ जित ।

टी–२०आई र्‍याङ्किङ स् यूएई ९१६औं०, नेपाल ९१(औं) ।
आपसी भिडन्त स् १० खेल, दुवैले ५–५ जित ।

यो आँकडाले भन्छ– दुवै टोली उत्तिकै प्रतिस्पर्धी छन्, तर परिस्थितिले मनोबलमा फरक ल्याउन सक्छ ।

आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडीहरू

नेपाल स् कुशल भुर्तेल(ओपनिङको भरोसा), दीपेन्द्रसिंह ऐरी ९फिनिसर०, सन्दीप लामिछाने ९स्पिन हतियार० र गुल्सन झा ९अलराउन्ड स्थिरता०ले नै आजको खेललाई नेपालको पक्षमा ल्याउन सक्नेछन् ।

यूएई स् यूएईका लागि कप्तान मुहम्मद वासिम ब्याटिङ र बलिङ दुवैका आधारस्तम्भ बन्न सक्छन् । त्यस्तै, बलिङमा जुनेद सिद्दिकी नेपालविरुद्ध प्रमुख हतियार बन्न सक्छन् ।

नेपालको सुपर सिक्स खेल तालिका

नेपाल भर्सेस यूएई – २६ असोज ४:१५ बजे
नेपाल भर्सेस कतार – २६ असोज ८:४५ बजे
नेपाल भर्सेस सामोआ – २९ असोज ८:४५ बजे
नेपाल भर्सेस ओमान – ३१ असोज ४:१५ बजे

समूह चरणमा सहज विजयले मनोबल बढाएको नेपालका लागि अबको एक साताले विश्वकपको भविष्य तय गर्नेछ । यूएई र ओमानलाई हराउन सके नेपालका लागि विश्वकपको ढोका सहजै खुल्न सक्नेछ । तर, असफल भए सन् २०२२ कै इतिहास दोहोरिनेछ ।

नेपालले योपटक इतिहास उल्ट्याउँछ कि दोहोर्‍याउँछ भन्ने प्रश्नको जवाफ भने अब ओमानको मैदानले नै दिनेछ ।

 

प्रकाशित मिति: २०८२ आश्विन २६, आइतवार १४:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको