कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य



काठमाडौं, मंसिर २ । भारतीय ओपनर प्रियांक पान्चलको धमाकेदार ९० रनको मद्दतमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३ विकेटको क्षतिमा १६६ रन जोड्यो।



ओपनर पान्चलले ४८ बलमा ९० रन बनाए। उनका इनिङ्समा ७ चौका र ६ छक्का समावेश थिए।

पहिलो विकेटका लागि उनले म्याक्स ओ’डाउडसँग ६१ रन र दोस्रो विकेटका लागि मार्क वाटसँग ६३ रनको साझेदारी गरे।

अन्य खेलाडीहरुमा म्याक्स ओ’डाउड २० रन, मार्क वाट १६ रन, पवन सर्राफ — २७ रन (१६ बल, १ चौका, ३ छक्का, अविजित) योगदान दिएका छन ।

कर्णालीको बलियो स्कोरमा पान्चलको आक्रामक ब्याटिङ मुख्य कारण रह्यो।

प्रकाशित मिति: २०८२ मंसिर २, मंगलवार १४:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको