सुदूरपश्चिमको नयाँ हतियार : क्रिस लिनको पावर शो



काठमाडौं ,मंसिर  ५ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको पाँच दिनमै देशभर क्रिकेटको ज्वाला फैलिसकेको छ । त्रिवि मैदानमा हरेक दिन नयाँ नायक जन्मिँदै छन्, अनि विश्वस्तरका एक से एक खेलाडीहरूको भिडभित्र एउटै उत्सुकता तरंगित बनिरहेको छ, स्टारहरू मैदानमा के देखाउने छन् ?

यही भिडको केन्द्रमा अहिले सबैभन्दा धेरै चर्चा बटुलेको नाम हो– विश्व क्रिकेटका धुवाँधार पावर हिटर क्रिस लिन ।



अस्ट्रेलियामा जन्मे–हुर्केका ३५ वर्षीय लिन, सुदूरपश्चिम रोयल्सको निलो–केसरी जर्सी लगाएर मैदानमा उत्रिँदा दर्शकको सासै रोकिने वातावरण बनिसक्छ । किनकि, क्रिकेटमा शक्ति, गति र निडरता एउटै ब्याटमा तौलिनुपर्‍यो भने लिनको नाम अनिवार्य रूपमा आउँछ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा उनका रेकर्ड धेरै लामो नहोला– ओडीआईमा ४ खेल ७५ रन, टी– २० आईमा १८ खेल २९१ रन । तर, लिनको कथा यहाँ सीमित हुन्न । उनको वास्तविक संसार भने टी– २० फ्रेन्चाइज क्रिकेटको राज्य हो, जहाँ उनले आफ्नो साम्राज्य बटुलेका छन् ।

२९३ टी– २० खेल, ८३५५ रन, ५ शतक, ५५ अर्धशतक, यी संख्याले नै उनको डर पैदा गर्ने क्षमता प्रमाणित गर्छ । उनी बल प्रेस गर्ने मात्र होइन, स्टान्स बसेको क्षणदेखि नै बललाई आकाश छुन सिकाउने ब्याट्सम्यान हुन् ।

द्धण्टज्ञढट(ज्ञठटघठण्ज्ञछज्ञज्ञ।धभदउअस्ट्रेलियन बिग बास लिगमा त उनको नाम लोकोक्तिजन्य बनिसकेको छ– सबैभन्दा धेरै छक्का, सबैभन्दा धेरै रन, अनि सबैभन्दा धेरै ‘ओहो’ भन्ने क्षणहरू । उनले प्रहार गरेका छक्काहरूको उचाइ मापन गर्न कहिलेकाहीँ क्यामेराले पनि धैर्य गर्नुपर्छ । त्यति तेज, त्यति टाढा र त्यति शुद्ध टाइमिङ ।

भारतको आईपीएलमा उनले कोलकाता नाइट राइडर्सका लागि वर्षौं धमाका गरे । फ्यानहरूका लागि ‘लिन–सनेटी’ शब्द नै प्रचलनमा आयो । सीपीएल, बीबीएल, आईपीएल, टी– १०, जहाँ गए, त्यहाँ उनको ब्याटिङ शो बेचिनै रह्यो ।

सुदूरपश्चिम रोयल्ससँग उनको आगमनले टिममा उत्साह मात्रै भरेको छैन, प्रतिद्धन्द्धी टोलीहरूलाई पनि नयाँ गणित पढाउन बाध्य बनाइदिएको छ– लिनलाई कसरी रोक्ने रु

अयकmयक अयििभनभ
दर्शक त झनै उत्साहित छन् । किनकि, एनपीएलमा पहिलोपटक विश्वस्तरको यति ठूला पावर हिटरलाई नजिकबाट हेर्ने मौका पाइँदैछ ।

प्रकाशित मिति: २०८२ मंसिर ५, शुक्रबार १२:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको