काठमाडौँ ,मंसिर ५ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर बलिङको निर्णय लिए ।
सुदूरपश्चिम लगातार दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा सुदूरपश्चिमले काठमाण्डू गोर्खाजलाई ६ विकेटले पराजित गरेको थियो ।
यता पोखरा पनि पहिलो जित चाहन्छ । पहिलो खेलमा पोखराले विराटनगर किंग्ससँग ५३ रनको हार ब्यहोरेको थियो ।
पहिलो संस्करणको भेटमा सुदूरपश्चिमले पोखराविरुद्ध पाँच रनको रोमाञ्चक जित निकालेको थियो ।






