काठमाडौं ,मंसिर ३ । कर्णाली याक्सले नेपाल प्रिमियर लिग(एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर बलिङको निर्णय लिए ।
लुम्बिनी लगातार दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा चितवन राइननोझलाई ६ विकेटले पराजित गरेको थियो । यता कर्णाली पनि पहिलो जित चाहन्छ । पहिलो खेलमा कर्णालीले चितवनसँग चार विकेटको हार व्यहोरेको थियो ।






