एनपीएल : विराटनगरविरुद्ध बलिङ गर्दै जनकपुर



जनकपुर ,मंसिर ८ । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्ग्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा जनकपुर का कप्तान अनिलकुमार साहले टस जितेर बलिङको निर्णय लिए ।

विराटनगरलगातार तेस्रो जितको लक्ष्यमा छ । यसअघि, विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ र काठमाण्डू गोर्खाज्‌लाई ५ विकेटले पराजित गरेको थियो ।



यता, जनकपुर पनि पहिलो जित चाहन्छ । पहिलो खेलमा जनकपुरले काठमाण्डूसँग ५ विकेटको हार ब्यहोरेको थियो ।अक तालिकामा विराटनगर पहिलो तथा जनकपुर सातौँ स्थानमा रहेका छन् ।

प्रकाशित मिति: २०८२ मंसिर ८, सोमबार १२:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको