कर्णाली याक्सले टस जितेर रोज्यो फिल्डिङ, सुदूरपश्चिमले ब्याटिङ गर्ने



काठमाडौं ,मंसिर ८ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत आजको दोस्रो म्याचमा कर्णाली याक्सले टस जितेको छ ।

त्रिवि खेलमैदानमा टस जितेपछि कर्णालीका कप्तान सोमपाल कामीले फिल्डिङ रोजेका छन् । कर्णालीले फिल्डिङ रोजेपछि सुदूररपश्चिम रोयल्सले ब्याटिङको निम्तो पाएको छ ।



कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ । दुवै टिमले प्लेइङ ११ मा कुनै बदलाव गरेको छैन ।

 

प्रकाशित मिति: २०८२ मंसिर ८, सोमबार १६:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको