लुम्बिनी को रोमाञ्चक जित



काठमाडौं ,मंसिर १३ । लुम्बिनी लायन्सले नेपाल प्रियिमर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध ३ विकेटको रोमाञ्चक जित निकालेको छ । दोस्रो जितसँगै लुम्बिनीले पाँच खेलमा चार अंक जोडेको छ । पराजित पोखराको चार खेलबाट दुई अंक छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १५१ रनको लक्ष्य लुम्बिनीले २ बल बाँकी रहँदा ७ विकेट गुमाउँदै पूरा गर्‍यो ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ४०, निरोशन डिकवालले ३७, सन्दीप जोराले अविजित ३५, गुल्बदिन नइबले १७ र दिलिप नथाले १० रन बनाए ।

पोखराका लागि विपिन खत्री, म्याट टेलर र सागर ढकालले २–२ तथा जिम्मी निशमले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५० रनको योगफल तयार पारेको थियो ।

पोखराका लागि एडम रोसिङ्टनले ६३ बलमा ७ चौका र ५ छक्काको मद्दतले सर्वाधिक ८१ रनको योगदान गरे । यसैगरी जिम्मी निशमले ३२ बलमा ३ चौका र ३ छक्काको मद्दतले अविजित ५१ रनको योगदान गरे ।

पाँचौँ विकेटका लागि रोसिङ्टन र निशमले ९२ रनको साझेदारी गरेका थिए । लुम्बिनीका लागि शेर मल्ल र तिलकराज भण्डारीले २–२ तथा गुल्बदिन नइबले एक विकेट लिए ।

 

प्रकाशित मिति: २०८२ मंसिर १३, शनिबार १५:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको