कुशलको छक्का प्रहारमा चियर लिडर घाइते, बयोधा अस्पतालमा भर्ना



काठमाडौं , मंसिर १६ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजका कप्तान कुशल मल्लको छक्का प्रहारले चियर लिडर शर्मिला विकलाई चोट पुगेको छ।

जिल्ला प्रहरी परिसरका एसपी एवं प्रवक्ता पवन भट्टराईका अनुसार विकलाई अनुहारमा चोट लागेको छ र उपचारका लागि बल्खुको बयोधा अस्पतालमा भर्ना गरिएको छ।

घटना जनकपुर बोल्ट्ससँगको खेलको दौरान भएको थियो। बलसँग लाग्दा विक रगताम्मे भएकी थिइन्। हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी प्राप्त भएको छ।

प्रकाशित मिति: २०८२ मंसिर १६, मंगलवार १५:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको