प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच मंसिर २२ गते छलफल हुने



काठमाडौं, मंसिर  १६ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई छलफल का लागि बोलाएकी छिन्।

मंसिर २२ गते दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने यो छलफलको लागि प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रसाईंलाई औपचारिक पत्र पठाएका छन्।



यसअघि प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि वार्ता गरिसकेका छन्।

प्रधानमन्त्री र महाअभियान संयोजकबीच हुने छलफलमा राष्ट्र र नागरिकसँग सम्बन्धित मुद्दा, सुरक्षा, संस्कृति संरक्षण तथा समसामयिक रणनीतिका विषयमा चर्चा हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ मंसिर १६, मंगलवार १४:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको