कमल कान्त झा
“होनी होए से हो के रहे, अनहोनी ना होय” — सामान्य रूपमा बोलीचालीमा प्रयोग हुने यो वाक्य ब्रह्माण्डको सन्दर्भमा निकै महत्वपूर्ण छ। यहाँसम्म कि तपाईंको जीवन पनि यसबाट अछुतो रहन सक्दैन। यसलाई नै हामी नियति भन्छौं। यहाँ ‘अनहोनी’ भन्नाले दुर्घटना होइन, ‘होनी’को विपरीत भन्ने अर्थ लिनुपर्छ। अर्थात्, जो पहिले नै निश्चित भइसकेको छ, अन्ततः त्यही हुन्छ।
यो ब्रह्माण्डमा असीमित घटनालाई सम्हाल्ने क्षमता छैन, बरु एउटा घटनालाई पनि सम्हाल्ने क्षमता शून्यजस्तै छ। प्रत्येक घटनाको विपरीत घटना हुन्छ, र दुवै मिलेर कुल योग शून्य बन्छ। त्यसबाहेक, यो ब्रह्माण्डले स्थान नै घेर्दैन भन्ने पनि भनाइ छ। वैज्ञानिकहरूको मान्यताअनुसार ब्रह्माण्ड प्रकाशको गतिमा फैलिरहेको छ र अनन्त सानो बिन्दुबाट यसको प्रारम्भ भएको थियो। तर वास्तविकता यसभन्दा फरक पनि हुन सक्छ। ब्रह्माण्डको विस्तार पनि केवल एक भ्रम मात्र हुनसक्छ — जस्तै पृथ्वी च्यातो देखिनु वा सूर्य पृथ्वी वरिपरि घुमेजस्तो देखिनुजस्तै।
“Only you exist and all other things are your creations” भन्ने अवधारणाअनुसार, जब ब्रह्माण्डले कुनै वास्तविक स्थान घेरिरहेको छैन भने, सृष्टिमा देखिने सबै वस्तु, जीव वा मानव हाम्रै चेतनाद्वारा सिर्जित एक प्रकारको मायाजाल (छलावा) हुनसक्छन्। ब्रह्माण्डभित्र वस्तुहरुलाई राख्ने क्षमता पनि शून्यजस्तै छ।

Quantum mechanics मा ‘Quantum Entanglement’ नामक सिद्धान्त छ। यसको अनुसार, दुई subatomic कण आपसमा यति जोडिएका हुन्छन् कि एउटा कणको spin clockwise छ भने अरूको स्वतः anticlockwise हुन्छ — चाहे ती कति नै टाढा किन नहोस्। अर्को सिद्धान्त ‘String Theory’ ले सबै वस्तुहरू कुनै अदृश्य धागो जस्तै संरचनाले जोडिएको बताउँछ। तर यदि सम्पूर्ण वस्तुहरू वास्तवमा एउटै स्थान र एउटै समय-अवस्थामा मात्र भइरहेको भए, तिनीहरू धागाले जोडिएको भन्नु अर्थहीन पनि हुनसक्छ।
निष्कर्षमा कुरा यस्तो छ कि वर्तमान कर्मले नै नियति निर्धारण गर्छ। कर्म नै हाम्रो हातमा छ, तर कर्मफल र नियति होइन। स्वतन्त्र इच्छाशक्ति (Free will) अस्तित्वमा छ कि छैन भन्ने कुरा आजकल वैज्ञानिक छलफलको विषय बनेको छ। धेरैको मतमा स्वतन्त्र इच्छा छैन, किनकि हाम्रा कार्यहरू बुद्धिले नै निर्धारण गर्छ।
तर अन्त्यमा निचोड यति नै हो— प्रत्येक अवस्थालाई सही बुद्धिले हेरियो भने, तपाईंका कर्महरू पनि सही नै हुन्छन्।







