काठमाडौं, मंसिर २१ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुर बोल्ट्स र कर्णालीबीच लिग चरणको अन्तिम खेल हुँदैछ।
जनकपुरले टस जितेर पहिले बलिङ रोजेको छ र कर्णालीलाई ब्याटिङको निम्तो दिएको छ।
दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकोले आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ। दुवै टोलीले लिगमा प्रत्येक एकरएक खेल जितेर दुईरदुई अंक मात्र जोडेका छन्।









