सशस्त्र प्रहरी बलका महानिरीक्षक अर्याल बयान दिन जाँचबुझ आयोग पुगे



काठमाडौं ,मंसिर २३ । जेन–जी आन्दोलनका क्रममा २३ र २४ भदौमा भएका घटनाबारे सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले आज जाँचबुझ आयोगमा बयान दिएका छन्।

आयोगले आन्दोलनका क्रममा सुरक्षा निकायबीचको समन्वय र सशस्त्र प्रहरीको भूमिकाबारे जानकारी लिन अर्याललाई बोलाएको हो। आयोगको कार्यकाल सकिन लागेकाले सम्बन्धित प्रमुख व्यक्तिहरूसँग बयान लिने काम अहिले तीव्र पारिएको छ।



पहिले नै आयोगले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालसहित अन्य उच्च पदस्थ व्यक्तिहरूसँग बयान लिइसकेको छ।

प्रकाशित मिति: २०८२ मंसिर २३, मंगलवार १४:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको