धनुषामा बायो प्लाष्टिक उद्योग सञ्चालनमा, पोलिथिनमा प्रतिवन्ध लगाउनमा जोड



जनकपुरधाम, मंसिर २९ । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–१ मा बायो प्लाष्टिक उद्योग सञ्चालनमा आएको छ । क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयामा करिव साढे ४ करोडको लागतमा सो बायो प्लाष्टिक उद्योग सञ्चालनमा ल्याइएको उद्योगका सञ्चालक लक्ष्मी महासेठले जानकारी दिएका छन् ।

उनले पर्यावरण संरक्षण र दिगो भविष्यको महत्वपूर्ण संदेश लिएर आफूहरुले बायो प्लाष्टिक उद्योग लिएर आएको बताए । उनले पोलिथिनले हाम्रो स्वास्थ्यको मात्रै नभई पर्यावरणलाई समेत प्रतिकुल असर पार्ने भएकाले पोलिथिनको ठाउँमा हामीहरुले बायो प्लाष्टिक ल्याएको बताए ।

बायो प्लाष्टिक उद्योगको समुदघाटन गर्दै जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोजकुमार साहले बायो प्लाष्टिकले पर्यावरणमा नाकारात्मक प्रभाव नपर्ने भएकाले सवैलाई बायो प्लाष्टिक प्रयोग गर्न सुझाव दिएका छन् । उनले पोलिथिनले जनकपुरधामको नाला, ड्रेनेज जाम गर्ने र त्यसले सरसफाइमा समेत नाकारात्मक प्रभाव पार्ने भएकाले पोलिथिनको ठाउँमा बायो प्लाष्टिक प्रयोग गर्नुपर्ने बताए । महोत्तरीको भिठ्ठामोड देखि बर्दिबास करिडोरमा कुनै उद्योग स्थापना हुन्छ भने मलाई अत्यन्तै खुशि लाग्ने गरेको बताउँदै मेयर साहले आगामी दिनमा यस्ता यस्ता उद्योगले रोजगारी सृजना गर्ने बताएका थिए ।

कार्यक्रममा जनकपुरधाम–९ का वडाध्यक्ष परमेश्वर साहले शुभकामना व्यक्त गर्दै प्लाष्टिक च्यालेन्जिङ्गको बिषय बनेको बताउँदै जनकपुरधाम उप–महानगरपालिकालाई प्लाष्टिक मुक्त कसरी बनाउन सकिन्छ त्यस तिर ध्यान केन्द्रीत गर्न आग्रह गरेका थिए । उनले भने–‘जनकपुरधामको सरसफाइमा प्लाष्टिक धेरै ठूलो समस्याको रुपमा रहेका कारण यसलाई निरुत्साहित गर्न बायो प्लाष्टिकका झोला प्रयोग गर्नुनै उत्तम विकल्प हो ।

त्यस्तै डाक्टर नागेन्द्र यादवले प्लाष्टिक जन्य पदार्थले स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएकाले प्लाष्टिक मुक्त शहर बनाउन आग्रह गरेका थिए । उनले पोलिथिनले सृजना गर्ने गरेको फोहरले विभिन्न प्रकारको स्वास्थ्यमा असर पार्ने रोग बनाउने गरेका कारण यसलाई विस्थापित गरेर बायो प्लाष्टिक प्रयोग गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा जनकपुरधाम–४ का वडाध्यक्ष, १० का वडाध्यक्ष, क्षिरेश्वरनाथ नगरपालिका वडाध्यक्ष तथा भरभलादमीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०८२ मंसिर २९, सोमबार १८:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको