एजेन्सी, पुस ५ । टी–२० वर्ल्ड कप २०२६ का लागि भारतीय क्रिकेट टोलीको घोषणा गरिएको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्डले सामाजिक सञ्जाल एक्स मार्फत टोलीमा समावेश खेलाडीहरूको सूची सार्वजनिक गरेको छ।
टीमको कप्तानी सूर्यकुमार यादवले गर्नेछन् भने उपकप्तानीको जिम्मेवारी अक्षर पटेललाई दिइएको छ। यसपटक पूर्व उपकप्तान शुभमन गिल टोलीमा चयन हुन सकेनन्।
सार्वजनिक टोली जनवरीमा न्युजिल्यान्डविरुद्ध हुने टी–२० सिरिजमा पनि खेल्नेछ।
भारतीय टोलीमा सूर्यकुमार यादव (कप्तान) , अभिषेक शर्मा , सञ्जु स्यामसन (विकेटकिपर), तिलक वर्मा , हार्दिक पाण्ड्या , शिवम दुबे, अक्षर पटेल (उपकप्तान), रिन्कु सिंह, जसप्रीत बुमराह, हर्षित राणा, अर्शदीप सिंह, वरुण चक्रवर्ती, वाशिङ्गटन सुन्दर, ईशान किशन (विकेटकिपर) रहेका छन ।






