होर्मुज स्ट्रेटमा बारूदी सुरुङ नबिछाउन इरानलाई ट्रम्पको चेतावनी



एजेन्सी, फागुन २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पुनः कडा चेतावनी दिएका छन्। उनले इरानले होर्मुज स्ट्रेटमा बारूदी सुरुङ (माइन) नबिछाउन चेतावनी दिँदै यदि यस्तो गरिएको पाइए तत्काल हटाउन आग्रह गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गर्दै यदि होर्मुज स्ट्रेटमा सुरुङ राखिएको भए तुरुन्त हटाउनुपर्ने बताएका हुन्। उनले त्यसो नगरे इरानले पहिलेभन्दा धेरै गम्भीर सैन्य परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।



ट्रम्पले लेखेका छन्, “यदि इरानले होर्मुज स्ट्रेटमा माइन राखेको छ भने त्यसलाई तुरुन्त हटाउनुपर्छ। यदि तत्काल हटाइएन भने यसको सैन्य परिणाम इरानका लागि निकै खतरनाक हुनेछ।”

उनले अमेरिकाले लागूऔषध तस्करहरूविरुद्ध प्रयोग गरिने प्रविधि र मिसाइल क्षमताको प्रयोग गरेर होर्मुज स्ट्रेटमा माइन राख्ने प्रयास गर्ने जहाज वा डुंगामाथि कडा कारबाही गर्ने पनि बताएका छन्।

यसअघि तेहरानले मध्यपूर्वमा जारी युद्ध समाप्त नभएसम्म खाडी क्षेत्रको तेल यो प्रमुख समुद्री मार्गबाट नजाने चेतावनी दिएको थियो। विश्वको ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज स्ट्रेटमा तनाव बढेमा अन्तर्राष्ट्रिय तेल बजारमा पनि ठूलो असर पर्ने विश्लेषण गरिएको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन २७, बुधबार ०८:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको