बर्दीबास उद्योग वाणिज्य संघमा कार्की र श्रेष्ठ प्यानलबीच रोचक प्रतिस्पर्धा



महोत्तरी, चैत २२ । चैत २४ गते हुने बर्दीबास उद्योग वाणिज्य संघको कार्यसमिति चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा चुनावी माहोल तातिरहेको छ। अध्यक्ष, उपाध्यक्षसहित ८ पदाधिकारी र ११ सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि दीपकबहादुर कार्की र उत्तम श्रेष्ठ प्यानलबीच कडा प्रतिस्पर्धा देखिएको छ।

कार्की प्यानल ‘डमरु’ चुनाव चिन्हसहित मतदाता रिझाउने अन्तिम तयारीमा व्यस्त छ भने श्रेष्ठ प्यानलको चुनाव चिन्ह ‘कलश’ रहेको छ। व्यापारीहरू घरदैलो अभियानमार्फत आ–आफ्नो प्यानलको समर्थनमा सक्रिय छन्। मनोनयन दर्तापछि सदस्यता विवादले केही अन्यौल सिर्जना गरे पनि दुवै प्यानलले प्रचारप्रसार तीव्र बनाएर आफ्नो पकड बलियो बनाउन प्रयास गरिरहेका छन्।



दीपकबहादुर कार्की नेतृत्वको प्यानलले पत्रकार सम्मेलनमार्फत आफ्नो संकल्पपत्र सार्वजनिक गरेको छ। ‘सुरक्षित लगानी, मर्यादित पेशा र समृद्ध बर्दीबास’ भन्ने नारासहित पेश गरिएको संकल्पपत्रले निर्वाचनलाई थप रोचक बनाएको छ।

कार्कीले चुनावी संकल्पपत्रमा साना लगानीकर्तालाई वर्गीकरण गरी समान अवसर सुनिश्चित, घरभाडा, कर तथा व्यवसायी–घरधनी सम्बन्धी समस्यामा पहल, सडक छेउका साना व्यवसायीको व्यवस्थापन र बजार सुरक्षा , पार्किङ, फुटपाथ, ढल निकास सुधार, सार्वजनिक शौचालय र प्रतीक्षालय निर्माण, बर्दीबासलाई ट्रान्जिट मात्र नभई पर्यटकीय गन्तव्य बनाउने , रात्रीकालीन बजार सञ्चालन र ‘स्टे बर्दीबास’ प्याकेजमार्फत पर्यटक आकर्षित, संघभित्र कानुनी परामर्श डेस्क स्थापना, निजी अस्पतालसँग सहकार्य गरी स्वास्थ्य सेवामा सहुलियत, महिला उद्यमीका लागि सीपमूलक तालिम र स्वरोजगार कार्यक्रम जस्ता योजनाहरु समेटेका छन ।

 

प्रकाशित मिति: २०८२ चैत्र २२, आईतवार ०९:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको