नवनियुक्त महान्याधिवक्ता डा कँडेलको शपथ



काठमाडौँ, चैत २२ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता डा नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।

आज यहाँ सर्वाच्च अदालतमा आयोजित कार्यक्रममा उहाँले शपथग्रहण गर्नुभएको हो ।



त्यस अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, न्यायाधीशहरू र न्याय सेवाका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा अधिवक्ता डा कँडेललाई आजै उक्त पदमा नियुक्त गर्नुभएको हो ।

प्रकाशित मिति: २०८२ चैत्र २२, आईतवार १८:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको