सन्त तुलसी जयन्ती बुधवार भव्यताका साथ जनकपुरमा मनाइने

शोभा यात्रामा सहभागी हुनभक्त भक्तजनलाई अपील


जनकपुरधाम, भदौ २ । रामचरित मानसका रचयिता सन्त तुलसी जयन्ती महोत्सव बुधवार जनकपुरधाममा भव्यताका साथ मनाइने भएको छ।

श्री रामानन्दीय वैष्णव संघको आयोजनामा चैत २६ गते बाट शुरु नौ दिवसीय महोत्सव अन्तर्गत बुधवार जयन्ती भव्यताका साथ मनाइने संघका अध्यक्ष एवं जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जनाएको छ ।

वैष्णवले तुलसी स्मारकमा आज पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमबारे जानकारी गराउदै शोभा यात्रामा सहभागी हुन सम्पूर्ण जनकपुरवासी एवं श्रद्धालुहरुलाई अपील समेत गरेका छन ।

कार्यक्रम अन्तगर्त विहान ८ बजे अभिशेख कार्यक्रम, दिउसो १ बजे नवाह परायणको समापन, सोही अवधीमा सन्तहरुबाट तुलसी दासको सम्बन्धमा चर्चा हुने, ३ बजे शोभायात्रा सहितको नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: २०८३ भाद्र २, मंगलवार १५:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको