मोरङ कारागारमा झडप, १९ कैदीबन्दी बाहिर निकालिए



विराटनगर, २० भदौ । मोरङ कारागारमा कैदीबन्दीका दुई पक्षबीच झडप भएको छ। विराटनगर–८ स्थित कारागारमा शुक्रबार दिउँसो दुई समूहबीच विवादपछि झडप भएको हो।

झडपपछि कारागारको ‘बी ब्लक’मा रहेका १९ जना कैदीबन्दीलाई बाहिर निकालिएको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए।

उनका अनुसार कैदीबन्दीलाई यातना दिएको तथा रकम असुली गरेको आरोप ‘बी ब्लक’का चौकीदार विशाल निरौला पक्षमाथि लगाएपछि दुई समूहबीच विवाद बढेको थियो। सोही विवादले झडपको रूप लिएको प्रहरीले जनाएको छ।

यसअघि ‘बी ब्लक’मा प्रहरी प्रवेशमा रोक लगाइएको थियो। शुक्रबार प्रहरीले उक्त ब्लकमा प्रवेश गरेपछि कैदीबन्दीको एक समूहले विरोध गर्दै नाराबाजीसमेत गरेको थियो।

झडपपछि १९ जना कैदीबन्दीलाई कारागारबाट निकालेर अन्यत्र स्थानान्तरण गरिएको प्रहरी प्रमुख कटवालले बताए। उनीहरूलाई बाहिर निकालेपछि कारागारको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र २०, शनिबार ०७:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको