रसुवा बाढीमा अभिभावक गुमाएका दुई बालबालिकाको जिम्मेवारी डा बबी सिंहले लिने



सप्तरी असोज ९ । रसुवा बाढीमा बुवा गुमाएका सप्तरीको राजविराज–१६, बोरियाका दुई बालबालिकाको खानपान र शिक्षाको सम्पूर्ण जिम्मेवारी मधेशी एकता समाज, नेपाल इकाइकी अध्यक्ष तथा जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंहले लिने घोषणा गरेकी छन्।

डा. सिंहले १५ वर्षीय सुभाष सदा र उनकी ८ वर्षीया बहिनीको बालिग नहुन्जेलसम्म खानपान तथा अध्ययनको सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेकी हुन्।

दुवै बालबालिकाले यसअघि नै क्यान्सका कारण आमासमेत गुमाइसकेका छन्। रसुवा बाढीमा बुवाको समेत मृत्यु भएपछि उनीहरू अभिभावकविहीन बनेका हुन्।

अभिभावक गुमाएका बालबालिकाको संरक्षण र भविष्य सुनिश्चित गर्न डा. सिंहले गरेको घोषणाको सामाजिक क्षेत्रमा प्रशंसा भइरहेको छ। बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्दै शिक्षालाई निरन्तरता दिन गरिएको सहयोगले उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण आधार बन्ने स्थानीयको भनाइ छ।

डा। सिंह गत प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ बाट जसपा नेपालकी उम्मेदवारसमेत बनेकी थिइन्।

प्रकाशित मिति: २०८३ आश्विन ९, शुक्रबार १३:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको