प्रधानमन्त्री कपमा मधेशको विजयी सुरुआत



जनकपुरधाम, फागुन २७ । मधेश प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

जितसँगै मधेशले दुई अंक जोडेको छ । दुवै खेलमा पराजित कोशी अंकविहिन छ । पहिलो खेलमा कोशी लुम्बिनीसँग २६ रनले पराजित भएको छ ।

मंगलबार सिद्धार्थनगर रंगशालामा मधेशले कोशी प्रदेशविरुद्ध १६५ रनको फराकिलो जित जित निकाल्यो ।

मधेशले प्रस्तुत गरेको २८५ रनको लक्ष्य पछ्याएको कोशी ३३ ओभरमा ११९ रनमै समेटियो । कोशीका लागि शकिब हकले २५, सुजन थपलियाले २४, फिरदोर अन्सारीले २१ र दिपेश कँडेलले २० रन बनाए ।

मधेशका लागि रुपेश सिंहले ९ ओभरमा २९ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी राजेश यादवले तीन, हरिशंकर शाह र प्रदीप पास्वानले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८४ रनको योगफल तयार पारेको थियो ।

मधेशका लागि पवर सराफले ८५ बलमा ११ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ९२ रनको योगदान गरे ।

यसैगरी कप्तान अनिलकुमार साहले ७५ बलमा १० चौकाको मद्दतले ७५, दिपेश दासले ६० बलमा सात चौका र एक छक्काको मद्दतले अविजित ५०, हरिशंकर शाहले २९ र रुपेश सिंह र मानय यादवले समान १० रन बनाए ।

छैटौं विकेटका लागि पवन र दिपेशले १२३ तथा दोस्रो विकेटका लागि अनिल र हरिशंकले ८७ रनको साझेदारी गरे ।

कोशीका लागि विपिन महतो र प्रकाश कार्कीले समान दुई तथा फिरदोस अन्सारी र दिपेश कँडेलले समान एक विकेट लिए ।

प्रकाशित मिति: २०८१ फाल्गुन २७, मंगलवार १६:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको