काठमाडौं, वैशाख ३ । आईसीसी यू-१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ।
बुधबार भएको तेस्रो खेलमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान नरेन भट्ट ३९ र शाहील पटेलले ४२ रनको अविजित इनिङ खेले । त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङ ४६ ओभर २ बलमा ११५ रनमा समेटिएको थियो । हङकङलाई सस्तोमा समेट्न नेपालका युवराज खत्रीले सर्वाधिक ४ विकेट लिएका थिए ।
बिपिन शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट झारेका थिए । ब्याटिङमा हङकङका लागि शिभ मथुरले सर्वाधिक ६३ रन बनाएका थिए ।




