दिल्लीले सुपर ओभरमा राजस्थानलाई हरायो



जनकपुरधाम, बैशाख ४ । आइपीएलको १८ औं सिजनको पहिलो सुपर ओभरमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। अरुण जेटली रंगशालामा पहिले ब्याटिङ गर्दै राजस्थानले ११ रन बनायो। दिल्लीका केएल राहुल र ट्रिस्टन स्टब्सले सन्दीप शर्माको बलिङमा ४ बलमै लक्ष्य पूरा गरे।

राजस्थानले अरुण जेटली रंगशालामा बलिङ गर्ने छनौट गर्‍यो। दिल्लीले ५ विकेट गुमाएर १८८ रन बनायो। राजस्थानले पनि ४ विकेट गुमाएर १८८ रन मात्र बनाउन सक्यो। मिचेल स्टार्कले २० औं ओभरमा शिमरोन हेटमायर र ध्रुव जुरेल विरुद्ध ९ रनको बचाउ गर्दै खेल बराबरी गरेका थिए।

राजस्थानका लागि नितिश राणा र यशस्वी जैसवालले अर्धशतक बनाए । कप्तान सञ्जु स्यामसन ३१ रन बनाएपछि रिटायर्ड हर्ट भए। जोफ्रा आर्चरले २ विकेट लिए। दिल्लीका अभिषेक पोरेलले ४९ रन बनाए। कुलदीप यादव, अक्षर पटेल र मिचेल स्टार्कले १(१ विकेट लिए।

प्रकाशित मिति: २०८२ बैशाख ४, बिहिवार ००:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको