राजविराज, बैशाख ११ । सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी १० महिना पछि पक्राउ परेका छन । पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका २ का ४९ वर्षिय श्रवण कुमार राम छन ।
अघिल्लो दिन साँझ पक्राउ परेका उनलाई बिहीबार कैद भुक्तानका लागी राजविराज कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतका अनुसार २०८१ असाढ २७ गते सवारी ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतले उनलाई २ महिना कैद सजाय हुने ठहर गरेको थियो ।
अदालतको आदेश भए लगतै उनी फरार भएका थिए । पक्राउ परेका उनलाई अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद सजाय भुक्तानका लागी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।



