पूर्वराजा शाहद्वारा जम्मु–कश्मीरको आतंकवादी हमलाको निन्दा



काठमाडौँ, वैशाख १४ । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु–कश्मीरमा भएको आतंकवादी हमलाको निन्दा गरेका छन्।  पूर्वराजा शाहले शनिबार समवेदना सन्देश जारी गर्दै उक्त हमलाको निन्दा गरेका हुन्। विश्व र समग्र हिन्दु समुदायलाई नै मर्मान्त पार्न भएको उक्त घटनाको जति निन्दा गरे पनि कम हुने पूर्वराजा शाहको भनाइ छ।

‘वसुधैव कुटुम्बकम्‌को आदर्श अवलम्बन गर्ने सनातनी वैदिक हिन्दु धर्मालम्वीहरुको दिव्य मानवीय मान्यता हो। त्यो मान्यताविपरीत यस प्रकारका जघन्य अपराध गर्नु गराइनु सर्वथा धर्म निषिद्ध पाप कर्म हो भन्ने हामी ठान्दछौँ,’ पूर्वराजा शाहले भनेका छन्,’सम्पूर्ण विश्व क्षेत्र र समग्र हिन्दु समुदायलाई नै मर्मान्त पार्न भएको यस्ता घटनाको जति निन्दा गरे पनि थोरै हुन्छ। त्यस्तो घटनाको विश्वव्यापी भत्सना हुनु पर्दछ र सबैबाट निन्दा गरिनुपर्छ भन्ने हाम्रो धारणा छ।’

उक्त आतंककारी आक्रमणका कारण हिन्दु यात्रीहरुको निधन भएकोमा आफूलाई दुःख लागेको उनले बताएका छन्। उक्त घटनामा ज्यान गुमाउने नेपाली नागरिकसहित सबैप्रति उनले श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

साथै उनले भारत सरकारप्रति पनि सहानुभूति व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८२ बैशाख १४, आईतवार ०७:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको