अन्तर जिल्ला क्लव स्तरीय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको पाँचौ संस्करण शुरु



राजविराज, बैशाख १४ । अन्तर जिल्ला क्लव स्तरीय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको पाँचौ संस्करण शुरु भएको छ ।

क्रिकेट विकास प्रतिष्ठान सप्तरीको आयोजना तथा क्रिकेट संघ सप्तरीको प्राविधिक सहयोगमा आईतवार देखि स्थानिय पविमाविको खेल मैदानमा प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको बलान विहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले ब्याटिङ्ग तथा वडाध्यक्ष शशी चौधरीले बलिंग गर्दे उद्घाट्न गरेका छन् ।प्रतियोगिताको उद्घाट्न खेलमारुपनी राईडर्सलाई ६ विकेटले पराजित गर्दे युथ एकेडमीले विजयी शुरुवात गरेको हो । टस जितेर ब्याटिङ्ग रोजेको रुपनी राईडर्सले १८ ओभर खेल्दै सबै विकेट गुमाई १ सय ७ रनको योगफल खडा गरेका थिए ।

प्रत्युत्तरमा १०८ रनको विजयी लक्ष्य लिएर मैदानमा ओर्लेको युथ क्रिकेट एकेडमीले १६ दश्मलव १ ओभरमै विजयी लक्ष्य भेटाएका थिए ।
उक्त खेलको प्लेयर अफ द म्याच युथ क्रिकेट एकेडमीका अभिषेक कार्की घोषित भए ।

यसअघि क्रिकेट बिकास प्रतिष्ठानका अध्यक्ष ई. ईन्द्रनारायण देवको अध्यक्षतामा आयोजित उदघाटन समारोहमा वडाध्यक्ष रामएकवाल यादव, सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादव, अन्तराष्ट्रिय क्रिकेटर दिपेन्द्र चौधरी, क्रिकेट विकास प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष गणेश आश, सदस्य मंजु शारदा, मिरा देव, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा लगायतको उपस्थिति रहेको थियो ।

बैशाख २१ सम्म चल्ने प्रतियोगितामा जिल्लाका ६ वटा क्रिकेट क्लवको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता र उपविजेता लाई ट्रफी, मेडलका साथै नगद पुरस्कारको व्यवस्था समेत मिलाईएको आयोजक क्रिकेट विकास प्रतिष्ठान सप्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०८२ बैशाख १४, आइतवार १९:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको