काठमाडौं, वैशाख १५ । राप्रपा नेपालको आयोजनामा राजावादीहरुले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएका छन ।
चैत १५ गते तिनकुने घटनामा पक्राउ परेकाहरुको तत्काल रिहाई र राजसंस्था र धर्मनिरपेक्षताको बिरोधमा बन्देज बनाउने कानुन निर्माण हुन लागेकोमा त्यो तत्काल रोकिनु पर्ने भन्दै राप्रपा नेपालको आयोजनामा काठमाडौंको प्रदर्शनीमार्गमा हुन लागेको जनप्रदर्शनको तयारी पुरा भएको महामन्त्री राजाराम बर्तौलाले जनाएको छ ।
भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रम रत्नपार्कको शान्तिवाटिकामा हुने भएको छ । महामन्त्री बर्तौलाले आइतवार साँझ प्रेस नोट जारी गर्दै कार्यक्रमस्थल परिबर्तन गरिएको जानकारी दिएका छन ।
‘पार्टीको झण्डामा नभई कार्यक्रम राष्ट्रिय झण्डामा आयोजना हुनेछ, समान बिचार भएका दल, समूह, अभियान, संघ–संस्था र व्यक्तिहरुलाई सकृय सहभागिताको लागि पत्राचार गरेका छौ, सबैको साथ, सहयोगको प्रतिबद्धता पाएका छौं, हामी उत्साहित छौ“ उनले भने ।
पार्टी अध्यक्ष कमल थापाले बिभिन्न शिर्ष नेताहरुसङ्ग सम्पर्क ,समन्वय गर्नुभएको छ, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नबराज सुबेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टसङ्ग अध्यक्षज्युको कुरा भएको छ, आउने बचन दिनुभएको अध्यक्षज्युबाट जानकारी भएको छ बर्तौलाले थपे– राष्ट्र बचाउ अभियान, नेपाली काङ्ग्रेस (बिपि), शिव सेना नेपाल लगायत विभिन्न संघ ,सस्थाहरुसङ्ग पनि समन्वय भएको र निमन्त्रणा गरिएको छ ।
उनले आजको विरोध प्रदर्शनको लागि पार्टीको सम्पुर्ण संयन्त्र परिचालन भएको, तल्लो तहसम्म कृयाशिल भएको र भातृ संगठनहरु चलायमान भएको बताए । अनाबश्यक घुसपैठ नहोस् भनेर स्वयंसेवकको ब्यबस्था गरिएको छ भने कार्यक्रम पश्चात् सरसफाईको निमित्त भातृ संगठन समन्वय बिभागले टिम निर्माण गरिसकेको राप्रापा नेपालले जनाएको छ ।



