रामनगर गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु



जितेश यादव
सर्लाही, वैशाख १७ । सर्लाहीको रामनगर गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री जनता नमुना माध्यमिक विद्यालयको खेल प्राङ्गणमा सुरु भएको छ।

प्रतियोगिता गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीय क्रिकेट खेलाडीहरूको पहलमा आयोजना गरिएको हो। संविधान सभा सदस्य शिवपुजन राय र पालिकाका अध्यक्ष राजाबाबु यादवले ब्याटिङ गर्दै क्रीकेट प्रतियोगिताको उदघाटन गरेका हुन।प्रतियोगितामा कुल ८ वटा क्रिकेट टोलीले भाग लिएका छन्। खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का नियमअनुसार सञ्चालित हुने आयोजकले जनाएको छ ।

यो खेल बैशाख २२ सम्म संचालनमा रहने छ। प्रतियोगिताको पहिलो खेल वडा न-५ र वडा न-७ बिच जारी रहेको छ। यो क्रीकेट प्रतियोगिता सकिने बितिकै यसै खेल मैदानमा जिल्लामै पहिलो पटक रात्रीकालिन क्रीकेट प्रतियोगिता आयोजना हुने गाउँपालिका अध्यक्ष राजाबाबु यादवले बताए । गाउँपालिका अध्यक्ष यादवका अनुसार रामनगर गाउँपालिका र छिमेकी पालिका बलरा नगरपालिकाको संयुक्त आयोजनामा दुबै पालिका बिच रात्रीकालिन मैत्रीपुर्ण क्रीकेट प्रतियोगिता आयोजना गर्ने छौ।

रामनगर गाउँपालिका स्तरीय क्रीकेट प्रतियोगिताको समापनका दिन रात्रीकालिन म्याचको कार्यक्रमको घोषणा गर्ने बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकरप्रसाद कुश्वाहाले बताएका हुन। खेललाई व्यवसायिक दिशा दिदै स्थानीय खेलाडिहरुको प्रतिभालाई यस्ता/यस्तै खेल मार्फत उजागर गरि राष्ट्रिय स्तर सम्म पुर्‍याउने उद्देश्य सहित रात्रीकालिन क्रीकेट प्रतियोगिताको आयोजना गर्न लगिएको उनले बताए।

कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य शिवपुजन राय, बिशिस्ट अतिथी बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकरप्रसाद कुश्वाहा, बलरा -१० का वडा अध्यक्ष दिनेश कुश्वाहा, रामनगर गाउँपालिका वडा न.-१ का वडा अध्यक्ष ब्रहमदेव चौधरी , वडा न.-४ का वडा अध्यक्ष बिरेन्द्र ठाकुर , वडा न.-५ का वडा अध्यक्ष श्रीनन्दन प्रसाद यादव वडा न.-७ का वडा अध्यक्ष गौरी शंकर पण्डित सहित स्थानीय सहित खेलाडीहरुको उल्लेखनिय सहभागीता रहेको थियो।

प्रकाशित मिति: २०८२ बैशाख १७, बुधवार १३:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको