राष्ट्रियसभामा नीति तथा कार्यक्रम टेबुल



काठमाडौँ, वैशाख १९ । राष्ट्रियसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम टेबुल भएको छ । सभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुभयो ।

बैठकले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राख्नुभएको धन्यवादको प्रस्तावलाई सभाले सहमति जनाएको थियो ।

प्रकाशित मिति: २०८२ बैशाख १९, शुक्रबार १७:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको