आतंकवादविरुद्ध कारबाही जायजः भारतीय आक्रमणप्रति नेपाली कांग्रेसको समर्थन



काठमाडौं, वैशाख २६ । सत्तारुढ दल नेपाली कांग्रेसले भारतले पाकिस्ताविरुद्ध गरेको आक्रमणलाई जायज ठहर गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले आफ्नो पार्टी सधैं आतंवादको विरुद्धमा हुने स्पष्ट पारेको हो ।

त्यस्तै, आतंकवादको विरुद्धमा हुने कारबाहीलाई पार्टीले जायज रुपमा लिएको महतले बताए । ‘हामी जहिलेपनि आतंकवादको खिलापमा छौं । आतकंवादको खिलापमा हुने कारबाहीलाई जायज ठान्छौं । आतंवादलाई कसैले पनि प्रशय नदियोस् भन्ने पक्षमा छौं,’ उनले भनेका छन् ।

दुई देशबीचको तनाव पूर्ण रुपको युद्धमा परिणत नहोस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको उनले बताए । ‘अहिले युद्धको स्थिति सिर्जना भएको छ, यो आतंवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी आक्रमण भएको छ । यो फूल स्केल युद्धको रुपमा परिणत नहोस् भन्ने पक्षमा छौं । हामी आतंवादको खिलापमा छौं । आतंवादलाई निरुत्साहत गर्ने कुरामा साथमा छौं,’ महतले भने ।

प्रकाशित मिति: २०८२ बैशाख २६, शुक्रबार १२:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको