रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्च अदालतको आदेश



काठमाण्डौ, वैशाख ३१ । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्‍द्र मिश्रलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ। आज बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई अदालत उपस्थित गराउन आदेशगरेको  हो।

मिश्रलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको भन्दै उनकी श्रीमती सारिका कार्कीले गृहमन्त्रालयसमेतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

पोखरेलको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ।

काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको राजावादीको हिंस्रक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र ४८ दिनदेखि प्रहरी हिरासतमा छन्। काठमाडौं जिल्ला अदालतले मंगलबार थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

मिश्रसँगै पक्राउ परेका राप्रपा महामन्त्री तथा संयुक्त जनआन्दोलन समितिु का आन्दोलन परिचालन समितिका धवल शम्शेर राणा भने उपचारका लागि भन्दै हाजिरी जमानीमा छुटेका थिए। तर मिश्रमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ। मिश्रले आफूलाई पनि छाड्न आग्रह गर्दै आइरहेका छन्।

प्रकाशित मिति: २०८२ बैशाख ३१, बुधबार १५:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको