राजविराज, बैशाख ३१ । जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधवार एकै दिन एक महिलासहित ५ जना फरार प्रतिवादी पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुुद्दामा पैmसला भई कैद तथा जरिवाना भुक्तान बाँकी रहेका ती ५ जनालाई गाउँघरमा लुकी छिपी वसेको अवस्थामा पक्राउ गरेको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
जालसाजी मुद्दामा पक्राउ परेका चारै जना एउटै पालिकाको रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा डाँका मुद्दा तर्फका सप्तरीको महादेवा गाउँपालिका ६ का दिपेन्द्र कुमार खंग रहेका छन । उनलाई सो मुद्दामा सप्तरी जिल्ला अदालतले ४ महिना कैद र ३ हजार रुपैया जरिवाना तोकेको थियो । यस्तै जालसाजी मुद्दाका फरार प्रतिवादी सप्तरीको बोदेवर्साइन नगरपालिका २ निवासी अमेरिका देवी यादव, अजय कुमार यादव, रामशुभक यादव तथा तेज नारायण यादव पनि पक्राउ परेका छन ।
जालसाजी मुद्दाका फरार प्रतिवादीसंग जनही २÷२ सयका दरले ८ सय रुपैया वसुल गर्न बाकी रहेको प्रहरी नायब उपरिक्षक वस्नेतले बताए ।
पाँचै जनालाई बुधवार नै कैद र जरिवाना भुक्तानका लागी अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।






