चट्याङले बहिनीको ज्यान गयो दाजु घाइते



राजविराज, जेठ ३ । वर्षासँगै परेको चट्याङका कारण शुक्रबार यहाँ एक भारतीय बालिकाको मृत्यु भएको छ । चट्याङबाट अर्का एक बालक घाइते भएका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ स्थित कोशी बगरमा अस्थायी टहरा बनाई तरबुजा खेति गर्दै आएका भारतको उत्तरप्रदेश जिल्ला सामलि केरना पञ्चायत वडा ८१ घर भएका जाहदि खानकी ७ वर्षिया छोरी जेनव खातुनको चट्याङ लागेर मृत्यु भएको हो ।

बिहान ६ बजेतिर आएको चट्याङले उनका अर्का ८ वर्षिय छोरा जुविर खान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चट्याङको आवाज सुनेर जेनव र जुविर घाइते भएपश्चात् उनीहरुलाई तत्कालै उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गराइएको थियो । उपचारका क्रममा चिकित्सकले इसिजि गर्दा जेनवलाई मृत घोषणा गरिएको थियो ।

बालक जुविरको भने सोही अस्पतालमा उपचार भइरहेको तथा अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ ३, शनिबार १६:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको