काठमाडौँ, जेठ ४ । काठमाडौँको पिंगलास्थानमा एक पुरुष मृत फेला परेका छन्। अन्दाजी ३० वर्षका युवक पिंगलास्थानमा मृत फैला परेको प्रहरीले जानकारी दिएको छ।
पिंगलास्थान काठमाडौँ महानगरपालिका-९ मा पर्छ।
त्यहाँ सडकमा आइतबार अन्दाजी ३० वर्षका पुरुष मृत फेला परेको काठमाडौँ प्रहरी परिसरले जानकारी दिएको हो।
मृत्युको कारण खुल्न सकेको छैन।






