झुण्डिएको अवस्थामा एक युवती सहित दुई शव फेला



राजविराज, जेठ ५ । सप्तरीको कंचनरुप नगरपालिकामा एकै दिन दुई छुट्टा छुट्टै स्थानबाट एक युवती सहित २ जनाको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

ईलाका प्रहरी कार्यालय कंचनपुृरका अनुसार आईतवार दिउसो र साँझ क्रमश कंचनरुप नगरपालिका ३ तत्मा टोलमा आफनै घरमा झुण्डिएको अवस्थामा १७ वर्षिया नन्दिनी कुमारी दास र कंचनरुप नगरपालिका ८ स्थित सिंचाई कार्यालयमा २० वर्षिय कमलाकान्त महात्मान यादवको मृत शरीर झुण्डिएको अवस्थामा फेला परेको हो ।

नन्दिनीको दिउँसो ३ बजेतीर साडीको पासो लगाइ झुण्डिएको अवस्थामा मृत शरिर फेला परेको छ भने साँझ ६ बजेतीर कमलाकान्त सिचाई कार्यालयको प्रमुखको कार्यकक्षमा रहेको सिलिङ्ग पंखामा नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
सिंचाई कार्यालयमा सुरक्षागार्ड पदमा कार्यरत सप्तरीको तिरहुत गाउँपालिका ३ का महेन्द्र महात्मन यादवका छोरा कमलाकान्त बुवालाई भेटन आएको बेला के कारणले झुण्डिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

यस्तै नन्दिनी घरमा कोही नभएको बेला झुण्डिएर आत्महत्या गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ । मृतक दुबैको शव पोस्टमार्टमका लागी स्थानीय गजेन्द्र नारायण सिह अस्पताल पु¥याइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ ५, सोमबार १७:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको