कांग्रेस नेताको गाडी दुर्घटना, माओवादी कांग्रेस आमनेसामने



जेके यादव
सर्लाही, जेठ ८ । गोडैता नगरपालिकाको बगदहमा भएको स्कर्पियो दुर्घटनामा राजनिती प्रतिशोध गरि फसाउन खोजिएको आरोप लगाएको छ।

रामनगर गाउँपालिका अध्यक्ष राजाबाबु यादवले कांग्रेस नेता हरिनन्दन यादवमाथि गम्भीर आरोप लगाएको छ। गाउँपालिका अध्यक्ष यादवका अनुसार केही दिन अगाडि रामनगर -२ धुर्वामा ज्यन्ती गएको समयमा आफ्नै दाई र भाईलाई बिष्णु रायले बिना कारण पछाडीबाट रद प्रहार गरेको थियो । रद प्रहारबाट बलरा नगरपालिकाका प्राविधिक शाखा प्रमुख पुरुषोत्तम यादव र अवनिश यादव गम्भीर घाईते भएको थियो। सो घटनामा ज्यान मार्ने उधोग मुद्दा खेपिरहेका बिष्णुलाई समाउन खोज्दा कांग्रेस नेता रायले तिव्र गतिमा गाडि कुदाउदा दुर्घटना भएको गाउँपालिका अध्यक्ष यादवले बताएका हुन।

यता कांग्रेस नेता रायले चारैतिरबाट घेरा हाली पुर्व योजना अनुरुप आफुमाथी गोलि प्रहार भएको आरोप लगाएका छन। यादवका अनुसार संविधान सभा सदस्य शिवपुजन रायका आफन्त र कार्यकर्ताले आफू माथी गोलि प्रहार गरि गाडी दुर्घटना गराएको आरोप लगाएका छ्न।

कांग्रेसहरुले दुर्घटना गराएको भन्दै दोषिलाई कार्वाही गर्न माग सहित प्रदर्शन गरिएको थियो भने माओवादी कार्यकर्ताले अपराधी भगाउने क्रममा भएको गाडी दुर्घटनामा बदनियतपुर्वक राजनीति प्रतिशोध साधी अनाकहकमा फसाउने सडयन्त्रबिरुद्द प्रदर्शन गरेका छन। गाउँपालिका अध्यक्ष यादवको नेतृत्वमा अपराधी भगाउने कांग्रेस नेता रायलाई समेत कार्वाहीको दायरामा ल्याउन माग सहित प्रदर्सन गरिएको छ।

बुधबार अपराहन ५ बजेको समयमा कांग्रेस नेता रायको बि.आर.०६ पि.ए.८७३५ नम्बरको स्कर्पियो गाडी बगदह स्थित सडकको खाल्डोमा पल्टिएको थियो। दुर्घटनामा कुनै मानवीय क्षती नभएपनि राजनीति दोषारोपणले सर्लाहीनै तातेको छ।

घटनाको बिषयमा दुवै पक्षलाई आज जिल्ला प्रशासन कार्यालयमा छलफलको लागि बोलाईएको बुझिएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ८, बिहीबार ०८:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको