रोहित र कोहली बिना गाह्रो हुनेछ, तर युवा खेलाडीहरूले मौका पाउनेछन् : गम्भीर



जनकपुरधाम, जेठ १० । भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक गौतम गम्भीरले रोहित शर्मा र विराट कोहलीको अनुपस्थिति टोलीको लागि ठूलो चुनौती हुने स्वीकार गरेका छन् । तर यो युवाहरूका लागि आफूलाई प्रमाणित गर्ने ठूलो अवसर हुने उनले बताएका छन् । दुवै जनाको सन्यास पछि भारतलाई नयाँ टेस्ट कप्तानको पनि आवश्यकता पर्नेछ। ती दुवैलाई प्रतिस्थापन गर्न सजिलो नरहेको बताए।

रोहित–कोहलीको सन्यासको बारेमा गम्भीरले भारतीय एक न्युज च्यानललाई अन्तरवार्ता दिँदै भनेका छन्–‘मलाई विश्वास छ कि तपाईं कहिले खेल्न सुरु गर्नुहुन्छ र कहिले रोक्न चाहनुहुन्छ यो व्यक्तिगत निर्णय हो। अरु कसैको अधिकार छैन। चाहे त्यो प्रशिक्षक होस्, छनोटकर्ता होस् वा देशको अरु कोही होस्, के कसैलाई कहिले सन्यास लिने र कहिले नलिने भनेर बताउने अधिकार छ, यो व्यक्तिको आफ्नै निर्णय हो।’

भारतीय कप्तान रोहित शर्माले मे ७ मा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरे। त्यसको पाँच दिन पछि, मे १२ मा, विराट कोहलीले पनि क्रिकेटको सबैभन्दा लामो ढाँचा टेष्टलाई बिदाई गरे । त्यसपछि, प्रशिक्षक गम्भीर र प्रमुख छनोटकर्ता अजित आगरकरका कारण रोहित र कोहलीले सन्यास लिएको अनुमान सुरु भएको थियो ।

अहिले हाम्रो ध्यान टी–२० विश्वकपमा छ स् गम्भीर
के रोहित–कोहली एकदिवसीय विश्वकप टोलीमा पर्नेछन् ? यस प्रश्नमा गम्भीरले भने, ‘त्यसको लागि अझै धेरै समय बाँकी छ।’ त्योभन्दा अगाडि नै टी–२० विश्वकप हुनुपर्छ। यो एउटा ठूलो प्रतियोगिता हो, जुन फेब्रुअरी–मार्चमा भारतमा आयोजना हुनेछ। अहिले, सम्पूर्ण ध्यान त्यसैमा छ।

आज टिम इन्डियाको घोषणा हुन सक्छ
भारतले जुन २० देखि इङ्गल्याण्डको भ्रमण गर्ने तालिका छ, जहाँ ५ टेस्ट खेलको शृङ्खला खेलिनेछ। यस शृङ्खलाको लागि भारतीय टोलीको घोषणा मे २४ मा हुन सक्छ। प्राप्त जानकारी अनुसार, मुम्बईस्थित बीसीसीआईको मुख्य कार्यालयमा छनोट समितिको बैठक भइरहेको छ। यो बैठकपछि भारतीय टेस्ट टोलीको नयाँ कप्तानको घोषणा गरिनेछ।

प्रकाशित मिति: २०८२ जेष्ठ १०, शनिवार ०७:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको