सर्लाहीमा टिपर र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु



सर्लाही, जेठ १० । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बागमतीमा टिपरको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बागमती नगरपालिका–१, पानी ट्याङ्की चोकमा बागमतीबाट बालुवा लोड गरी हरिवनतर्फ जाँदै गरेको ना७ ख ६३९१ नम्बरको टिपरले विपरीत दिशाबाट गइरहेको बा६६ प ८४६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मलंगवा नगरपालिका–१० का २१ वर्षीय मोहमद कैफ मिकरानीको मृत्यु भएको हो ।



मिकरानीलाई नमुना अस्पताल हरिवनमा सामान्य उपचारपछि थप उपचारका लागि एलएस न्युरो अस्पताल वीरगन्ज लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मलंगवा नगरपालिका–१० का २४ वर्षीय सुमितकुमार यादव गम्भीर घाइते छन् । उनको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकललाई ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन् ।

प्रकाशित मिति: २०८२ जेष्ठ १०, शनिबार १७:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको