लुटेरा गिरोहका २ जना पक्राउ



राकेश यादव
रौतहट, जेठ २८ । रौतहट जिल्लाको यमुनामाई गाउपालिका वडा नम्बर १ जेठरहिया नजिक झाझ पुलमा लुटपाट गर्ने उदेश्यले बसेका लुटेरा गिरोहका २ जना लाइ प्रहरीले पक्राउ गरेको छ।

दुर्गा भगवती गाउपालिका वडा नम्बर ३ मत्सरी निवासी कृष्णमनिले चलाई रहेको मधेश प्रदेश ०७-००१प-०००४ नम्बरको मोटर साइकल रोकेर लुटपाट गर्न लागेको भनि प्राप्त भएको सुचनाको आधारमा गएको प्रहरी टोलीले झा लाइ सकुशल उद्दार गरि घटनामा संलग्न रहेको आरोपमा २ जनालाइ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

लुटेरा गिरोहका २ जना स्थानीय यमुनामाई गाउपालिका वडा नम्बर १ निवासी २२ बर्षीय मुकेश महतो र २० बर्षीय सिताराम महतो रहेको सुचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले जानकारी दिएका छन।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर फरार भएका अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ २८, बुधबार १४:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको