टी(२० विश्वकप छनोटमा प्रभाव पार्न सक्ने ९ टिमका ९ खेलाडी



काठमाडौं , असोज  २२ । आजदेखि ओमानमा आईसीसी टी(२० विश्वकप एसिया ता इस्ट एसिया पेसिफिक रिजनल फाइनल सुरु हुँदैछ ।

९ टोली सहभागी रहने यस प्रतियोगिताबाट ३ टोलीले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी(२० विश्वकपको टिकट काट्ने छन् ।



यस पटक टी(२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट संरचना केही फरक छ । एसिया मात्र नभएर इस्ट एसिया पेसिफिक ९इएपी० समेत समावेश गरेर टी(२० विश्वकप एसिया एण्ड इएपी छनोटको नाममा आयोजना हुँदैछ ।

एसियाबाट ६ ९ओमान, नेपाल, युएई, मलेसिया, कुवेत, कतार० र इएपीबाट ३ ९पपुवा न्यु गिनी, सामोआ र जापान० गरी कूल ९ टिमले यस छनोटमा प्रतिस्पर्धा गर्दैछन् ।

सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा तीन(तीन टोली छन् । समूह ए मा युएई, मलेसिया र कतार छन् भने नेपाल, कुवेत र जापान समूह बी मा छन् । घरेलु टोली ओमानसहित पपुवा न्यु गिनी र सामोआ समूह सी मा छन् ।

छनोटमा सहभागी रहेका यिनै ९ टिमका प्रभाव पार्न सक्ने एक(एकजना खेलाडीहरूको बारेमा आज चर्चा गर्दैछौं ।

नेपाल

नेपालका लागि पछिल्लो समय अधिकांश खेलाडी राम्रो लयमा देखिएका छन् । नेपालको ठ्याक्कै यही खेलाडीले प्रभाव पार्न सक्छन् भनेर भन्न कठिन देखिन्छ ।

यद्यपी पछिल्लो समयको लय हेर्दा कुशल भुर्तेल नेपालका लागि सबैभन्दा महत्वपुर्ण हुने देखिन्छ । उनको ब्याटिङ, बलिङ र फिल्डिङ सबैकुरा हेर्दा नेपालका लागि उनको प्रदर्शन ‘क्रुसियल’ रहनेछ ।

उनले सेप्टेम्बर अन्तिम साता भएको वेस्ट इन्डिजसँगको शृंखलामा ३९ को सर्वाधिक स्कोर बनाएका थिए । त्यस्तै ३ खेलमा ५ विकेट पनि लिएका थिए भने फिल्डिङमा पनि निकै चुस्त देखिएका थिए ।

वार्म अप खेलमा कतारविरुद्ध भुर्तेलले अर्धशतक बनाएका थिए । यो लयलाई बिग्रन नदिए उनी नेपालको टी(२० विश्वकप छनोटमा प्रभावशाली खेलाडी बन्न सक्छन् ।

यूएई

यूएईका लागि सबैभन्दा महत्वपूर्ण खेलाडी कप्तान मोहम्मद वासीम नै हुनेछन् । सन् २०२२ को विश्वकपमा छनोट गराउनेदेखि यूएईलाई एसिया कपमा छनोट गराउनेसम्म उनको भूमिका अहम रहँदै आएको छ ।

वासीम यूएईका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । उनले टी(२०आई क्रिकेटमा ८५ खेल खेल्दा ३ शतक र २४ अर्धशतकसहित ३०२४ रन बनाएका छन् । सर्वाधिक रन बनाउने सूचीमा उनी विश्वकै १०औं स्थानमा छन् ।

वासीमले बंगलादेशसँगको ऐतिहासिक शृंखला जितमा पनि शानदार प्रदर्शन गरेका थिए । उनको प्रदर्शन र कप्तानी राम्रो रहेमा यूएई विश्वकपमा छनोट हुन सक्नेछ ।

ओमान

ओमानका लागि सबैभन्दा प्रभावशाली खेलाडी कप्तान जतिन्दर सिंह र आमिर कलिममध्ये एक हुन सक्छन् । पछिल्लो समय बोर्ड र खेलाडीबीचको विवादपछि ओमानको टोलीमा व्यापक परिवर्तन भएको छ ।

पहिलेको टोलीमा रहने गरेका जतिन्दर सिंह, मोहम्मद नदीम र शकील अहमद अहिले पनि टोलीमा छन् । ओमानले भर्खर एसिया कप पनि खेलेर आएको छ र केही खेलाडीहरूले त्यहाँ राम्रो प्रदर्शन समेत गरे ।

एसिया कपमा जतिन्दरको प्रदर्शन राम्रो नभएपनि उनी ओमानमै हुने खेल र एसोसियट विपक्षी नै भएकाले उनको प्रदर्शन महत्वपुर्ण रहन सक्छ । यस्तै उनले ओमानको अल अमेरतमा ३१ खेलमा ७५० भन्दा बढी रन बनाएका छन् र

यता एसिया कपमा आमिर कलिमले पाकिस्तानविरुद्ध ६४ रन बनाए भने ३ विकेट सम्त लिए । भारतविरुद्ध पनि २ विकेट लिएका थिए ।

मलेसिया

मलेसियाका लागि सबैभन्दा प्रभावशाली खेलाडी विरानदीप सिंह हुन सक्छन् । ब्याट र बल दुवैबाट शानदार प्रदर्शन गर्ने उनी मलेसियाका सबैभन्दा सफल खेलाडी हुन् ।

विरानदीपले टी(२०आई क्रिकेटमा १०२ खेल खेल्दा १ शतक र २१ अर्धशतकसहित ३०१३ रन बनाएका छन् । त्यस्तै ९७ विकेट समेत लिएका छन् ।

विरानदीपले पछिल्लो ५ खेलमा २ अर्धशतकसहित १९६ रन बनाएका छन् भने ८ विकेट पनि लिएका छन्।

उनीसहित मलेसियामा केही उत्कृष्ट खेलाडीहरू छन् जसले राम्रो प्रदर्शन गरेमा मलेसियालाई पहिलोपटक विश्वकपमा छनोट गराउन सक्छन् ।

पपुवा न्यु गिनी

पपुवा न्युगिनी ९पीएनजी०का लागि कप्तान असाद भालाको प्रदर्शन महत्वपूर्ण हुनेछ । उनी पीएनजीको सबैभन्दा अनुभवी खेलाडी हुन् ।

भालाले हालसम्म ६४ टी(२०आई खेलमा १२८८ रन बनाएका छन् भने ३७ विकेट पनि लिएका छन् ।

अघिल्लोपटक विश्वकप खेलेको पीएनजीलाई उनी यसपटक पनि विश्वकपमा पुर्‍याउने लक्ष्यमा हुनेछन् ।

कुवेत

कुवेत पनि पछिल्लो समय क्रिकेटमा प्रगति देखाउँदै आएको मुलुक हो । कुवेतका लागि कप्तान मोहम्मद असलमसँगै रविजा सन्दरुवान र युवा खेलाडी मिट भाबसार सबैभन्दा महत्वपूर्ण रहँदै आएका छन् ।

यी तीनमध्ये रविजाको प्रदर्शनमा सबैभन्दा बढी नजर रहनेछ । उनले हालसम्म ७५ खेलमा २ शतक र १२ अर्धशतकसहित २००० भन्दा बढी रन बनाएका छन् ।

ओपनिङ ब्याटिङ गर्ने उनले टोलीलाई दिलाउने सुरुवातमा सम्पूर्ण इनिङ नै निर्भर रहनेछ । प्रदर्शनमा अन्य खेलाडीहरू पनि उस्तै रहेपनि सबैभन्दा प्रभावशाली खेलाडी रविजा बन्न सक्छन् ।

कतार

कतारका लागि मुहम्मद तनभिर सबैभन्दा प्रभावशाली खेलाडी बन्न सक्छन् । ४४ वर्षीय तनभिर कतारका लागि आक्रामक ब्याटिङ गर्ने खेलाडी हुन् ।

उनी कतारका लागि सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् जसले ६६ खेलमा ४२ को औसतले १९३८ रन बनाएका छन् । जसमा १५ अर्धशतक समावेश छन् ।

उनको ब्याटिङ चल्दा कतारले खेल जित्ने सम्भावना बढ्ने गर्छ ।

जापान

जापान पछिल्लो समय उदाउँदो क्रिकेटिङ राष्ट्रका रूपमा छ । जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङ नै प्रभावशाली खेलाडी हुनेछन् ।

उनी जापानका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । उनले ३९ खेलमै ४३ को औसतले १५०० भन्दा बढी रन बनाएका छन् । उनले २ शतक र १० अर्धशतक बनाएका छन् ।

यस छनोटमा जापानको भेट उच्चस्तरीय एसोसियट टिमहरूसँग हुने भएकाले उनको प्रदर्शनले जापानको नतिजामा नै प्रभाव पार्नेछ ।

सामोआ

सामोआको टोलीमा यसपटक न्युजिल्यान्डका पूर्वखेलाडी रस टेलरको आगमनले थप आत्मविश्वास बढाएको छ । उनी नै प्रभावशाली खेलाडी बन्न सक्छन् ।

न्युजिल्यान्डका लिजेन्डरी खेलाडी टेलरले टी(२०आईमा १०२ खेल खेलेर १९०९ रन बनाएका छन् । यद्यपी यो सबै न्युजिल्यान्डकै लागि खेल्दा बनाएको रन हो ।

सामोआका लागि उनले टी(२०आईमा डेब्यू गर्न बाँकी छ । टेलरले मध्यक्रममा गर्ने प्रदर्शनले ब्याटिङ मजबुत बनाउन सक्छ भने उनी टोलीमा हुँदा समस्त टोलीकै मनोबल बढ्नेछ ।

 

प्रकाशित मिति: २०८२ आश्विन २२, बुधबार १२:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको