एनपीएल मा विराटनगरले टस जितेर काठमान्डुलाई दियो ब्याटिङ निम्तो



काठमाडौं , मंसिर ६ । विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । जारी दोस्रो एनपीएल को छैटौं दिनको दोस्रो खेलमा विराटनगरले काठमान्डुलाई ब्याटिङका लागि निम्तो दिएको हो ।

काठमान्डुले दुई खेल खेलिसकेको छ भने विराटनगरको यो दोस्रो खेल‌ हो । काठमान्डुले सुरुवाती खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । विराटनगरले भने पोखरा एभेन्जर्समाथि सहज जित हात पारेको थियो ।



गत संस्करणको खेलमा काठमान्डु गोर्खाजले विराटनगर विरुद्ध १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो ।

यसअघिको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो ।

 

प्रकाशित मिति: २०८२ मंसिर ६, शनिबार १५:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको