एकीकृत अखिल नेपाल शिक्षक संगठन धनुषाको अध्यक्षमा तेस्रो कार्यकालका लागि पुनः धर्मेन्द्र यादव चयन



जनकपुरधाम । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन धनुषाको अध्यक्षमा तेस्रो कार्यकालका लागि पुनः धर्मेन्द्र कुमार यादव चयन भएका छन् । शनिबार जनकपुरधाममा आयोजित पाँचौ जिल्ला अधिवेशनले यादवको नेतृत्वमा ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

संगठनको बरिष्ठ उपाध्यक्षमा देव नन्दन ठाकुर, महिला उपाध्यक्षमा इन्दु नायक, उपाध्यक्षमा कृष्ण भिनवार, सचिवमा मनोज कुमार यादव, सह–सचिवमा गंगा यादव, अर्थ महासचिवमा सुरेद्र यादव र अर्थ उपसचिवमा मञ्जु कँटेल चयन भएका छन् ।



त्यस्तै, सदस्यहरुमा संजिव मण्डल, लट्टु साह, जिवछ यादव, शम्भुनाथ साह, विक्रम साह, प्रमोद शरण केवट, असलम राइन, संजिव कुमार सिंह, प्रमोद विराजी, सफिद राइन, अशोक कुमार मण्डल, गुरु दयाल ठाकुर, अमरनाथ प्रसाद साहलगायतकाहरु रहेका छन् ।

संगठनको अधिवेशनमा प्रमुख अतिथीको आसनबाट बोल्दै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् पूर्व शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले शिक्षास्तर कमजोर भए देश विकास हुन नसक्ने बताइन् । उनले शिक्षकहरुले आशावादी बन्नुपर्ने बताउँदै सरकारले पनि शिक्षकहरुको समस्या समाधान गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा धनुषा जिल्ला इन्चार्ज श्रवण यादव, जिल्ला अध्यक्ष दिपक यादव, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिव तथा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्य दिनेश राय, केन्द्रीय सदस्य रेखा यादव, पूर्व केन्द्रीय सदस्य चन्देश्वर ठाकुर, राहत शिक्षक विभाग मधेस प्रदेशका अध्यक्ष तथा प्रविधिमैत्री विशेष विभाग सह–संयोजक गुलाव यादव, शिक्षक संगठनका मधेस प्रदेश उपाध्यक्ष शिव चन्द्र मण्डल, सचिव रामवृक्ष महतोलगायत धनुषा जिल्लाका स्थानीय पालिका अध्यक्ष, सचिव, पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०७९ फाल्गुन १३, शनिबार २१:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको