तपाईको जीवनको लागि किन आवश्यक छ योग निन्द्रा ?



जनकपुरधाम , माघ ९ । आजको समयमा हामी भागदौडको जिन्दगी बाँची रहेका छौ । जिम्मेवारीको बोझले थिचिएका हामी साँझ घर फर्किदा थाकि सकेका हुन्छौ । थकान र तनावले ग्रसित हामी आफनो थकान मेटाउन र तनावलाई कम गर्न कयौ तरिकाहरु अपनाउने गर्छौ , तर के तपाईलाई योग निन्द्रा बारे थाहा छ ?
योग निन्द्रा एउटा यस्तो प्रविधि हो जसले तपाईलाई गहिरो निन्द्रार शान्ति प्रदान गर्ने गर्दछ । यसलाई स्लिपिङ्ग योग समेत भन्ने गरिन्छ । किन भने यसमा तपाई आरामले सुतेर आफनो शरिर र मनलाई शान्त गर्नु हुन्छ । यसमा तपाई चेतना पूर्वक आराम गर्ने कला सिक्नु हुन्छ ।
योग निन्द्राको फाइदाहरु ः
१ तनाव कम गर्छ ःयोग निन्द्राले तपाईको तनाव र चिन्तालाई कम गर्न मद्दत गर्दछ । यसले तपाईको शरीरलाई आराम दिन्छ भने मनलाई समेत शान्त गर्दछ ।
२. निन्द्रा सम्बन्धी समस्या बाट छुटकारा ः यदी तपाईले निन्द्राको समस्या छ भने यसले तपाईलाई छुटकारा दिलाउने छ । तपाईलाई गहिरो र शान्त निन्द्रा प्रदान गर्ने छ ।
३. एकाग्रतामा वृद्धि ः योग निन्द्राले मनलाई शान्त गरि तपाईको एकाग्रता र ध्यान केन्द्रित गर्ने क्षमतालाई बढाउछ।
४. रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि ः योग निन्द्राले तपाइको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउछ । जसले तपाई विभिन्न रोगहरुबाट जोगिन सक्नु हुन्छ ।
५. आत्म विश्वासमा वृद्धि ः योग निन्द्राले तपाई आफु केन्द्रित हुन मद्दत गर्दछ । जसले तपाईको आत्म विश्वासमा वृद्धि हुन्छ ।
कसरी गर्ने योग निन्द्रा ?
योग निन्द्राको लागि तपाईलाई कुनै विशेष उपकरणको आवश्यकता पर्दैन । तपाई आरामले सुतेर आँखा बन्द गरेर योग निन्द्रा गर्न सक्नु हुन्छ । योग गुरु वा योग निन्द्रा विशेषज्ञ बाट तपाईले योग निन्द्राको प्रक्रिया बारे जानकारी लिन सक्नु हुन्छ ।
योग निन्द्रा जीवनको एउटा महत्वपूर्ण भाग हो । जसले तपाईलाई मानसिक रुपमा स्वस्थ्य रहन मद्दत गर्दछ । यदी तपाई तनाव वा निन्द्रको समस्याले ग्रसित हुनु हुन्छ भने योग निन्द्रा तपाईको लागि लाभदायक हुन सक्छ ।

प्रकाशित मिति: २०८१ माघ ९, बुधबार १८:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको