जनकपुरधाम, फागुन २४। जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद रामअशिष यादवले बसन्त ऋतुको आगमन संग उत्साह र उमंगका साथ मनाइने लोक पर्व होली मधेशको सामाजिक सांस्कृतिक महत्त्वपूर्ण पर्व रहेको बताएका छन।
जनकपुरधाम उपमहानगरपालिका–१७ सरस्वती बजार कनकपट्टीमा आयोजित होल मिलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद यादवले सामाजिक सदभाव बढाउनमा होली पर्व समाजमा विशेष महत्त्व रहेको कुरा मा जोड दिए ।
अवकाशप्राप्त कर्मचारी समाज जनकपुरधाम– १७ का अध्यक्ष समाजसेवी रामलोचन यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षाक्षेत्र का धरोहर डा सोनफी यादव,कृषि विज्ञ जामुन प्रसाद साह,राष्ट्रिय समाचार समितिका पूर्व महाप्रबन्धक जयशंकर महतो, समाजका सचिव काशी यादव, पूर्व प्राधानाध्यापक श्याम पंजियार,समाज का अगुवा तेजनारायण यादव सहितका वक्ताहरूले होली पर्वतको महत्त्व माथि प्रकाश पारेका थिए।



