युवा संघको धनुषा अधिवेशन तयारी समिति गठन



जनकपुरधाम, चैत २० । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघको धनुषा जिल्ला अधिवेशन तयारी समिति गठन भएको छ ।

जिल्ला अध्यक्ष दिप्पु कापडीको अध्यक्षतामा भएको भेलाले मदन साह संयोजक र राम कुमार साह सदस्य सचिव रहने गरि ५१ सदस्यीय जिल्ला अधिवेशन तैयारी समिति गठन गरेको हो । ।

जसपा,नेपाल मधेस प्रदेश अध्यक्ष बालकिशोर यादवको प्रमुख आतिथ्यमा भएको भेलामा युवा विद्यार्थी तथा खेलकुद बिभाग प्रदेश इन्चार्ज पुर्व मन्त्री ज्ञानेन्द्र यादव ,युवाका केन्द्रिय अध्यक्ष संजिब यादव, प्रदेश अध्यक्ष कमलेश यादव, उपाध्यक्ष सुरज सिंह, मुख्यसचिव दिप्पु कापडी, प्रदेश सदस्य जय नारायण यादव लगायत युवाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०८१ चैत्र २०, बुधबार २०:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको