नालामा डुवेर बालिकाको मृत्यु



श्याम कुमार ठाकुर
सिरहा, बैशाख ६ । मिर्चैयाको खुला नाला जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । खुला नालामा जमेको पानीमा डुबेर मिर्चैया नगरपालिका–५ बुवा श्री किसुन साफी का डेढ वर्षीया छोरी आसिका साफीको मृत्यु भएको हो ।

शनिबार बिहान घर छेउमै रहेको खुला नालामा डुबेको अवस्थामा देखेपछि स्थानीयहरु बालिकालाई बाहिर निकालेका थिए ।
मिर्चैया नगर पालिकाको अधुरो नालाले धेरैको ज्यान लिएको भन्दै स्थानीयवासीहरुले आक्रोश व्यक्त गरेका छन । गाउँ गाउमा बिकास भयो नाला बन्यो तर नालालाई छोपने काम धेरै जसो ठाउमा नभएकोले कयौको ज्यान गइसकेको छ । उनिहरुले खुला नालामाथि अविलम्ब ढक्कन राख्नु पर्ने मांग गरेका छन ।
विहान आफुले बच्चा खोजविन गरि रहदा छिमेकीले नालामा डुबेको भन्दै जानकारी गराएको बताएका छन ।
घटनाबारे अनुसन्धान भइ रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रकाशित मिति: २०८२ बैशाख ६, शनिबार १५:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको