‘लोकतन्त्र संस्थागत गर्न महिलाले खेलेको भूमिका महत्वपूर्ण छ’



कैलाली, वैशाख ८ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतन्त्र संस्थागत गर्न महिलाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल महिला सङ्घ कैलारी गाउँपालिकाले आज यहाँको भितरियामा आयोजना गरेको कार्यक्रममा उहाँले सो भूमिकालाई राज्यले उचित सम्मान गरिरहेको बताउनुभयो ।



मुख्यमन्त्री शाहले प्रदेश सरकारले समावेशी लोकतान्त्रिक शासन व्यवस्थालाई अङ्गिकार गर्दै आफ्ना नीति तथा कार्यक्रम बनाइरहेको उल्लेख गर्नुभयो । सोही नीतिअनुसार प्रदेश नीति तथा योजना आयोगमा महिलालाई नेतृत्व दिइएको उहाँको भनाइ थियो । आयोगमा हाल डा जीवन राना उपाध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति: २०८२ बैशाख ८, सोमबार १८:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको