तीनकुने सवारी दुर्घटना, एकको मृत्यु तीन घाइते



काठमाडौं , वैशाख २५ । काठमाडौंको कोटेश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार नुवाकोट घर भई अहिले ललितपुर धोबीघाट बस्ने २३ वर्षकी नगिना तामाङ रहेकी छन् ।

यस्तै, मोटरसाइकल चालक २७ वर्षीय पदम थापामगर, भ्यानका चालक शान्तिनगरका रत्न सार्की र बसकी यात्रु काँडाघारीकी २० वर्षीया मेनुका बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ ।

सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।

बिहान ६ः ३५ बजे बा३ख ७०६२ नम्बर बसले रोकिराखेका बा प्र ०१(०२६ च २९२७ नम्बरको भ्यान र बा।प्र। ०२(०५३ प ३८२७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

बसका चालक इलामको सूर्योदय नगरपालिका(५ का ५९ वर्षीय रामकुमार खड्कालाई नियन्त्रणमा लिइएको गिरीले जानकारी दिए ।

प्रकाशित मिति: २०८२ बैशाख २५, बिहीबार ०९:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको