जनकपुर, जेठ २८ । केही दिन देखि लगातार बढ्दै गएको गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरु दुई दिन बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णले एक सूचना जारी गर्दै जेठ २९ र ३० गते विद्यालयमा पठनपाठन बन्द रहने उल्लेख गरेका छन् ।
उपमहानगरपालिकाले तापक्रमको तीव्र वृद्धि बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भन्दै सावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय लिएको हो । यद्यपि विद्यालय प्रशासन भने खुला रहने जनाइएको छ । सूचना अनुसार यो बन्द वार्षिक विदाबाट कट्टा गरिनेछ ।
बिहान देखि लाग्ने चर्को घाम र तातो हावाको कारण सर्बसाधारण मानिस देखि जिव जन्तु समेत प्रभावित भएका छन् । जेष्ठ महिनामा कृषि कार्य देखि विकास निर्माणका कार्यको चटारो रहेको बेला बढेको अत्याधिक गर्मीका कारण काम गरेर जीविक बिताउने श्रमिक मजदुरहरू पनि समस्यामा परेको हो।
गर्मीका कारण घर बाहिर निस्किने गार्हो भएको स्थानीय उमेश यादवले बताए। लगातार सुर्यको तापको कारण घर बाहिर कृषि लगायतको काम गर्न गार्हो भै रहेको उहाको भनाइ रहेको छ। गर्मीको कारण बिद्यालयमा अध्यन गर्ने बाल बालिका पनि प्रभावित बनेको छ भने बाटो हिड्ने बटुवालाइ लु लाग्ने उच्च जोखिम समेत देखिएको छ। दिउसोको समयमा सडक सुनसान देखिने गरेको छ।
अचानक बढेको गर्मीले जनकपुरधाम स्थित रहेको सरकारी कार्यालयमा काम गराउन आउने सेवा ग्राहीहरुको संख्यामा पनि कमी आएको देखिएको छ। दिनहु भिड लाग्ने रौतहट जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका कार्यालय हरुमा चहल पहमा कमी आएको हो।
गर्मी अधिक बढेपछि बिरगंजमा सामुदायिक विद्यालयमा केहि दिनको लागि विद्दा समेत दिइएको छ। रौतहटमा अहिले निजी तथा सामुदायिक बिद्यालयहरू संचालन अवस्थामा रहेको छ।
गौर प्रादेशिक अस्पतालका चिकित्सकले बढ्दै गएको गर्मीको मौषममा बिहान र बेलुका हिड्नु पर्ने र हिड्दा छाताको प्रयोग गर्नु पर्ने सुझाब दिएका छन्। गर्मीमा बिशालु सर्पको बिगबिगी हुने भएकोले सुत्दा र हिड्दा साबधानी अपनाउनु पर्ने चिकित्सकहरुको सुझाब रहेको छ।






